फागु पूर्णिमाको अवसरमा मन्त्री गाहाको शुभकामना

पाेखरा | फागुन २२, २०७९

फागु पूर्णिमाको अवसरमा मन्त्री गाहाको शुभकामना

पोखरा:    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले रंगै रंगहरुका पर्व फागु पूर्णिमा (होली) तथा थकाली समुदायको तोरन्ल पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।


मन्त्री गाहामगरले शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, ‘ नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताहरुले सुसज्जित सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरुसँग आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा छन् । जसले एक अर्का समुदायबीच आपसी सद्भाव बढाउदै आएको छ ।’ 


उहाँले एक समुदायले अर्काे समुदायको पहिचान र अस्तित्व स्वीकार्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । 


सन्देशमा भनिएको छ, ‘असत्यमाथि सत्य र खराबमाथि असल विजय तथा रंगै रंगको पर्वका रुपमा मनाइने यस फागु पूर्णिमा (होली, फागुन २२, २३) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याओस् भन्ने कामनासहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्